काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल)को सर्वाधिक सफल टोली मुम्बई इन्डियन्सले भारत बाहिर किनेको दुई फ्रेन्चाइज टोलीको नाम सार्वजनिक गरेको छ।
मुम्बईले भारतबाहिर संयुक्त अरब इमिरेट्स (युएई) र दक्षिण अफ्रिकामा हुने टी–२० लिगका टोली किनेको थियो। मुम्बईले सामाजिक सञ्जालमा एक भिडियो सेअर गर्दै टोलीको नाम र लोगो सार्वजनिक गरेको छ।
मुम्बईले युएईमा हुने टी–२० लिगमा टोलीको नाम ‘एमआई इमिरेट्स’ राखेको छ। यस्तै, मुम्बईले दक्षिण अफ्रिकी टोलीको नाम ‘एमआई केपटाउन’ राखेको छ।
मुम्बई हालसम्म आईपीएलमा पाँच पटक उपाधि जितेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।