काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आईसीसी टी-२० को वरीयतामा सुधार गरेका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी) ले अपडेट गरेको नयाँ वरीयताको अलराउन्डरतर्फ उनी आठौं स्थानमा उक्लिएका हुन्। यसअघि उनी नवौं स्थानमा थिए।
ब्याटिङ वरीयतातर्फ दीपेन्द्र ४२औं स्थानमा यथावत् रहेका हुन्। ब्याटिङतर्फ नेपालका कुशल भुर्तेल ३८औं स्थानमा यथावत् रहेका छन्।
यता, आसिफ शेख एक स्थान तल झदै ९८औं स्थानमा रहेका छन्। उनी यसअघि ९७औं स्थानमा थिए। बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछाने ४१औं स्थानमा यथावत् रहेका छन्।
बलिङमै अविनाश बोहरा दुई स्थान तल झरेर ९४ औं स्थानमा पुगेका छन्। उनी यसअघि ९२औं स्थानमा थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।