काठमाडौं– आर्थिक संकटका कारण गत महिना स्थगित भएको श्रीलंका प्रिमियर लिग (एलपीएल) को तेस्रो सिजन यसै वर्षको डिसेम्बरमा खेलाइने भएको छ।
एलपीएल प्रतियोगिता आयोजक सामन्था दोडनवेलाले सञ्चारकर्मीसँग भने, ‘मलाई एलपीएल डिसेम्बर ६ देखि २३ सम्म हुने घोषणा गर्न पाउँदा खुसी लागेको छ।’
श्रीलंका क्रिकेटले देशको अवस्थाका कारण जुलाईमा हुने प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको थियो। लिग तालिका अनुसार प्रतियोगिता आयोजना गर्नु उचित नभएको प्रायोजकहरुले पनि बताएका थिए। त्यसपछि श्रीलंकामा हुने एसिया कप युएईमा सार्ने निर्णय भएको थियो।
श्रीलंकाको फ्युचर टुर प्रोग्राम (एफटीपी)का अनुसार प्रतियोगिता नोभेम्बरमा वेस्ट इन्डिजविरुद्धको घरेलु टेस्ट सिरिज र डिसेम्बर–जनवरीमा भारतसँगको एकदिवसीय सिरिजका बीच खेलाइनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।