काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीले केन्यासँग टी-२० आई र एकदिवसीय सिरिज खेल्ने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार घरेलु टोली केन्यासँग नेपालले ५ टी-२० आई र ३ एकदिवसीय सिरिज खेल्ने जनाएको छ।
क्यानका अनुसार नेपाल टी-२० आई अन्तर्गत पहिलो खेल केन्यासँग अगस्ट २५ मा खेल्ने छ। त्यस्तै, अगस्ट २६,२८, २९ र ३० मा नेपालले ४ टी-२० आई खेल खेल्ने छ।
त्यस्तै, सेप्टेम्बर २,३ र ५ मा नेपालले केन्यासँग ३ एकदिवसीय खेल खेल्ने छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।