काठमाडौं– नेपाली राष्ट्रिय टोलीका अलराउण्डर सीता राना मगरले आईसीसी महिला टी–२० वरीयतामा सुधार गरेकी छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मंगलबार अपडेट गरेको पछिल्लो वरीयतामा सीताले ब्याटिङतर्फ् २ स्थान सुधार गरेकी हुन्।
ब्याटिङ वरीयतामा सीता ६२औं स्थानमा उक्लिएकी छिन्। यसअघि उनी ६४औं स्थानमा थिइन्। ब्याटिङतर्फ नै ज्योति पाण्डेले शीर्ष १०० को स्थान गुमाएकी छन्।
यस्तै, बलिङतर्फ कविता कुँवर एक स्थान तल झर्दै ७८औं स्थानमा रहेकी छन्। यसअघि उनी ७७औं स्थानमा थिइन्।
बलिङमा सीता ८७ औं स्थानमा रहेकी छन्। कप्तान रुविना क्षेत्री बेलबासे ८८औं स्थानमा रहेकी छन्। आईसीसी महिला टी–२० राष्ट्रको वरीयतामा नेपाल १८औं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।