काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा मनोज प्रभाकर नियुक्त भएका छन्।
भारतीय राष्ट्रिय टिमका पूर्व अलराउण्डर तथा रणजी ट्रफी विजेता प्रशिक्षक मनोजलाई नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको हो।
श्रीलंकन मुलका क्यानेडियन नागरिक पुबुदु दासानायकेले साउन ४ गते राजीनामा दिएपछि नेपाली राष्ट्रिय क्रिकेट टोली प्रशिक्षकविहीन थियो।
उनी हाल क्यानडा राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त भइसकेका छन्।दासानायकेले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ८ महिना प्रशिक्षण दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।