काठमाडौं- भारतीय तीव्र गतिका बलर हर्षल पटेलले एसिया कप गुमाउने सम्भावना बढेको छ। उनले शनिबार करङको चोटका कारण वेस्ट इन्डिजविरुद्धको टी–२० सिरिज गुमाएका थिए।
बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई)ले फ्लोरिडामा भइरहेको चौथो खेल अघि हर्षललाई करङको चोट लागेको जानकारी दिएको थियो। तर, बीसीसीआईले हर्षललाई यो चोट इङ्ल्यान्ड भ्रमणका क्रममा लागेको हो या वेस्ट इन्डिजमा आएपछि हो भन्ने स्पष्ट पारेको छैन।
हर्षलले इङ्ल्यान्डविरुद्ध तीन वटै टी–२० आई खेल खेलेका थिए। उनले २३.२५ को औसत र ८.४५ को इकोनोमीमा चार विकेट लिएका थिए। भारतले सिरिज २–१ ले जितेको थियो।
बीसीसीआईले हर्षल कति समयसम्म निको हुने भन्नेबारे कुनै जानकारी दिएको छैन। वेस्ट इन्डिजपछि भारतले तीन खेलको एकदिवसीय सिरिजका लागि जिम्बाब्वे भ्रमण गर्नुपर्नेछ। त्यसपछि टोली टी–२० फर्म्याटमा खेलिने एसिया कपका लागि युएई जानेछ। यो टोलीको छनोट अर्को सातासम्ममा हुने छ।
हर्षल गत वर्ष डेब्यू गरेदेखि नै भारतीय टी–२० टोलीको नियमित सदस्य रहेका छन्। २०२२ को १५ टी–२० खेलहरूमा उनले ८.७६ को इकोनोमीमा १९ विकेट लिएका छन्। यो अवधिमा भुवनेश्वर कुमारले मात्रै उनीभन्दा १ विकेट बढी लिएका छन्। भुवनेश्वरले २० विकेट बढी लिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।