काठमाडौं– सरकारले सहरी विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण गर्न जापानसँग सहुलियतपूर्ण ऋण लिने भएको छ।
जसका लागि बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले जापानसँग सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्न वार्ता टोली गठन गर्ने निणय गरेको हो।
सरकारले जापानी येन १५ अर्ब ९० करोड १९ लाख (करिव १४ अर्ब ६९ करोड) सहुलियतपूर्ण ऋण सहायता लिने प्रक्रिया अगाडि बढाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।