काठमाडौं- नेपाली राष्ट्रिय टोलीका कप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने अस्ट्रेलियाको बिग बास लिग (बीबीएल) को १२औं संस्करणको ड्राफ्टमा परेका छन्।
बीबीएलले बुधबार बिहान सामाजिक सञ्जालमनर्फत् सन्दीप ड्राफ्ट्टमा परेको जानकारी दिएको हो। खेलाडी ड्राफ्ट्ट आगामी भदौ १४ गते हुनेछ।
सन्दीपले यसअघिका चार संस्करणको बीबीएल खेलिसकेका छन्।
उनले पहिलो दुई संस्करण मेलवर्न स्टारबाट खेलेका थिए।पछिल्ला दुई संस्करण भने होर्बाट हरिकेन्सबाट खेलेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।