काठमाडौं- विकेटकिपर ब्याट्सम्यान ओली रोविन्सनले इङ्ग्ल्यान्डको घरेलु प्रतियोगिता रोयल लन्डन वानडे कपमा दोहोरो शतक प्रहार गरेका छन्।
ओलीको दोहोरो शतकको सहयोगमा वर्सेस्टरशायरले दिएको ३५२ रनको विशाल लक्ष्य केन्टले ४४.५ ओभरमै ३ विकेट गुमाउँदै पूरा गर्यो। ओलीले १३१ बलमा २७ चौका र ६ छक्कासहित २०६ रनको अविजित दोहोरो शतकीय इनिङ्स खेले।
ओपनर बेन क्यामप्टन ७४ बलमा ७ चौकासहित ७५ रनमा आउट भए। त्यसअघि काउन्ट्री ग्राउन्ड न्यू रोडमा टस जितेर पहिला ब्याटिङ थालेको वर्सेस्टरशायरले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ५१ रन बनाएको थियो।
वर्सेस्टरशायरका कासिफ अलीले ९९ बलमा १४ चौका र १ छक्कासहित ११४ रनमा आउट भए। बेन कक्स ५९ र इड बर्नार्डले ७९ रन बनाए। केन्टका म्याट हेनरी र म्याट क्विनले ३/३ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।