काठमाडौं- पाहुना टोली दक्षिण अफ्रिकाले तीन खेलको टी-२० सिरिज जितेको छ।
साउथह्याम्टनमा आइतबार राति भएको तेस्रो तथा निर्णायक खेलमा घरेलु टोली इङ्ग्ल्यान्डलाई ९० रनले हराउँदै पाहुना टोलीले सिरिज २-१ ले जितेको हो।
दक्षिण अफ्रीकाले दिएको १९२ रनको लक्ष्य पछ्याएको इङ्ग्ल्यान्ड १६ ओभर ४ बलमा १०१ रन बनाउँदै अलआउट भयो।
इङ्ग्ल्यान्डका लागि जोनी बेयस्ट्रोले सर्वाधिक २७ रन बनाए। उनले ३० बलमा २ चौका प्रहार गरे। यता, जोसन रोयले १८ बलमा १७ रन बनाए। कप्तान जोस बटलर र क्रिस जोर्डनले १४/१४ रन बनाए।
इङ्ग्ल्यान्डलाई सस्तैमा रोक्न दक्षिण अफ्रिकाका ताब्रेज साम्सीले ४ ओभरमा २४ रन खर्चिएर सर्वाधिक ५ विकेट लिए। यता, केशव महाराज २ तथा एन्डिले, एडम मार्क्रम , एन्रिक नोर्कियाले समान १/१ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको पाहुना टोलीले २० ओभरमा ५ विकेट गुमाएर १९१ रन बनाएको थियो।
दक्षिण अफ्रिकाका लागि रिजा हेन्ड्रिक्स र एडम माकरमले अर्धशतकीय इनिङ्स खेले। हेन्ड्रिक्सले ५० बलमा ९ चौकासहित सर्वाधिक ७० रन बनाए।
मार्क्रमले ३६ बलमा ५ चौकासहित अविजित ५१ रन बनाए। राईली रुसोले ३१ तथा कप्तान डेबिड मिलरले २२ रन बनाए।
इङ्ग्ल्यान्डका लागि डेबिड विलिले ४ ओभर बलिङ गर्दै १ मेडनसहित २५ रन खर्चिएर ३ विकेट लिए। मोइन अली र क्रिस जोर्डनले समान १/१ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।