काठमाडौं– पाँच खेलको टी–२० आई सिरिजको पहिलो खेलमा भारतले वेस्ट इन्डिजलाई ६८ रनले पराजित गरेको छ।
योसँगै भारतले सिरिजमा १–० को अग्रता बनाएको छ। यो खेलमा भारतीय कप्तान रोहित शर्मा उत्कृष्ट लयमा थिए। उनले ४४ बलमा ६४ रनको उत्कृष्ट इनिङ्स खेले।
यस क्रममा उनको ब्याटले ७ चौका र २ छक्का प्रहार गरेको थियो। यो इनिङ्समा रोहितले दुई ठूला कीर्तिमान बनाए। उनले टी–२० आई क्रिकेटमा सर्वाधिक रन बनाउने कीर्तिमान बनाएका छन्। यस मामिलामा उनले न्यूजिल्यान्डका मार्टिन गुप्टिललाई पछि पारेका हुन्।
त्यसपछि रोहितले आफ्नो अर्धशतक पूरा गरे र विराटलाई पछि पार्दै टी–२० टी–२० आई क्रिकेटमा सर्वाधिक ५० भन्दा बढी रन बनाउने खेलाडी बने। यो खेलमा रोहितले कप्तानका रुपमा ४२औं जित दर्ता गरेका छन्।
उनले अहिलेसम्म ५० खेलमा भारतको कप्तानी गरेका छन् भने ४२ खेलमा जित निकालेका छन्। भारतको कप्तानी हुँदा रोहितले ४२.६८ को औसतमा १९२१ रन बनाएका छन्। यस क्रममा उनको ब्याटबाट ४ शतक पनि निस्किएका छन्। उनको उच्चतम स्कोर २०८ नटआउट रहेको छ।
यस खेलमा विराटलाई पछि पार्दै रोहित शर्माले टी–२० आईमा सर्वाधिक अर्धशतक बनाउने कीर्तिमान बनाएका छन्। रोहितले १२१ इनिङ्समा ३१ पटक ५० भन्दा बढी स्कोर बनाएका छन्। विराटले ३० पटक ५० भन्दा बढी स्कोर बनाएका छन्।
तर, टी–२० आईमा अर्धशतक बनाउने मामिलामा विराट अझै रोहितभन्दा अगाडि छन्। विराटले टी–२० क्रिकेटमा ३० अर्धशतक बनाएका छन् भने रोहितले २७ पटक अर्धशतक प्रहार गरेका छन्। तर, रोहितले ४ शतक बनाएका छन् भने विराटले टी–२० आई क्रिकेटमा अहिलेसम्म कुनै पनि शतक बनाउन सकेका छैनन्।
रोहितले यस खेलमा मार्टिन गुप्टिललाई पनि पछि पार्दै टी–२० आई क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन्। रोहितले भारतका लागि टी–२० आई क्रिकेटमा अहिलेसम्म ३ हजार ४४३ रन बनाएका छन्।
यता, गुप्टिलले ३ हजार ३९९ रन बनाएका छन्। यस मामिलामा विराट तेस्रो नम्बरमा छन्। उनले ३ हजार ३०८ रन बनाएका छन्। तर, यी दुईमध्ये विराटले सबैभन्दा कम इनिङ्स खेलेका छन्। कोहलीले ९१ इनिङ्स मात्र खेलेका छन् भने गुप्टिलले ११२ खेलेका छन् ।रोहितले भने १२१ इनिङ्स खेलेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।