काठमाडौं– क्रिकेट दक्षिण अफ्रिका (सीएसए)को आयोजनामा हुने नयाँ टी–२० लिग खेल्ने खेलाडीले तीन लाख डलरसम्म पारिश्रमिक पाउने छन्। पूर्वदक्षिण अफ्रिकी कप्तान ग्रीम स्मिथले नेतृत्व गर्ने लिगमा खेलाडी किन्नको लागि हरेक फ्रेन्चाइजीसँग २० लाख अमेरिकी डलर हुनेछ।
हालसम्म लिगको पहिलो संस्करणको खेल तालिका सार्वजनिक नभए पनि पहिलो खेल जनवरी ११ मा हुने र फाइनल फेब्रुअरी १२ मा हुने बताइएको छ।
तालिकामा केही परिवर्तन भए पनि लिग जनवरी ६ देखि फेब्रुअरी १२ सम्म हुनेछ। यो तालिकामा मै युएईमा अन्तर्राष्ट्रिय लिग टी–२० (आईएलटी–२०) हुने सम्भावना छ।
यसैबीच, अष्ट्रेलियामा बिग बास लिग (बीबीएल) र बंगलादेशमा बंगलादेश प्रिमियर लिग (बीपीएल) पनि हुन सक्छ। यसको मतलब खेलाडीहरूको उपलब्धतामा धेरै प्रश्न चिन्ह खडा भएको छ।
सीएसएको लिग र आईएलटी–२० का अधिकांश फ्रेन्चाइजी इन्डियन प्रिमियर लिग (आईपीएल)का मालिकहरूको नियन्त्रणमा छन्। दुवै लिगका लागि सबैभन्दा ठूलो मुद्दा विदेशी खेलाडीहरूको उपलब्धता हुनेछ।
यसलाई ध्यानमा राख्दै आईएलटी–२० ले शीर्ष खेलाडीहरूको लागि साढे चार लाख डलर पारिश्रमिक दिने योजना बनाएको छ। जसले लिगलाई आईपीएलपछि विश्वको सबैभन्दा धेरै पारिश्रमिक लिग बनाएको छ।
यदि सीएसए लिगसँग तुलना गर्ने हो भने दक्षिण अफ्रिकाले आफ्नो घरेलु खेलाडीको उपलब्धताको फाइदा पाउनेछ। आईएलटी–२० मा मुख्यतया: विश्वव्यापी खेलाडीहरू हुनेछन् र प्रत्येक टोलीमा १८ मध्ये १२ खेलाडीहरू विदेशी हुनेछन्। दक्षिण अफ्रिकामा १७ मध्ये १० खेलाडी घरेलु खेलाडी हुनेछन्।
दक्षिण अफ्रिकाको लिगमा टोली संरचना आईपीएलमा आधारित हुनेछ। यस लिगमा ७ घरेलु खेलाडी र ४ विदेशी खेलाडीलाई खेलाउन पाइने छ। फ्रेन्चाइजीले अक्सनमा खेलाडीहरू मात्र किन्ने छैन, उनीहरूले सीएसएले दिएको नामहरूको सूचीबाट खेलाडीलाई आफ्नो टोलीमा अनुबन्ध गर्ने छन्।
नामको सूचीबाट कुन आधारमा खेलाडीहरूले टोली भित्रिनेछन् भन्ने कुरा भने अझै स्पष्ट भइसकेको छैन। तर, आईपीएलमा सम्झौता भएका खेलाडीले एकै मालिकले खरिद गरेको टोलीबाट खेल्ने सम्भावना छ। प्रत्येक फ्रेन्चाइजीले यस सूची बाहिर दक्षिण अफ्रिकी मार्की खेलाडी समावेश गर्ने अवसर पनि पाउन सक्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।