काठमाडौं- वेस्ट इन्डिजले भारत र न्यूजिल्यान्डविरुद्धको टी-२० सिरिजका लागि टोलीको घोषणा गरेको छ।
निकोलस पूरनको कप्तानीमा वेस्ट इन्डिजले टोलीको घोषणा गरेको हो।
वेस्ट इन्डिजले घोषणा गरेको टोलीमा शिम्रन हिटमायरले पुनरागमन गरेका छन्।
वेस्ट इन्डिजले भारतसँग पाँच खेलको टी-२० सिरिज खेल्नेछ।
यी दुई टोलीको पहिलो टी-२० खेल शुक्रबार हुनेछ। यस्तै, वेस्ट इन्डिजले न्यूजिल्यान्डसँग तीन खेलको टी-२० सिरिज खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।