काठमाडौं– प्रभाथ जयसुर्याको सानदार बलिङसँगै श्रीलंकाले दोस्रो टेस्टमा पाकिस्तानलाई २४६ रनले पराजित गरेको छ।
योसँगै दुई टेस्टको सिरिजमा श्रीलंकाले १–१ को बराबरी गरेको छ। श्रीलंकाले दिएको ५०८ रनको लक्ष्य पछ्याएको पाकिस्तान २६१ रनमा सिमित भयो।
पाकिस्तानका कप्तान बाबर आजमले सर्वाधिक ८१ रन बनाए। उनले १४६ बलमा ६ चौका र १ छक्का प्रहार गरे। यता, ओपनर इमाम अल हकले ९० बलमा ४ चौकासहित ४९ रन जोडे। त्यस्तै, मोहम्मद रिजवानले ३७ र यासिर शाहले २७ रन जोडे।
श्रीलंकाका जयसुर्याले ३० ओभरमा ११० रन खर्चिँदै सर्वाधिक पाँच विकेट लिए। त्यस्तै, रमेश मेन्डिसले चार विकेट लिए।
पहिलो इनिङ्समा श्रीलंकाले ३७८ रनको योगफल तयार पार्दा पाकिस्तान भने २३१ रनमा सिमित भएको थियो।
पहिलो इनिङ्समा १४७ रनको अग्रता लिएको श्रीलंकाले ३६०–८ मा दोस्रो इनिङ्स समाप्तीको घोषणा गरेपछि पकिस्तानले जितका लागि ५०८ रनको लक्ष्य पाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।