काठमाडौं– क्यारेबियनमा भएको तीन खेलको एकदिवसीय सिरिजमा शुभमन गिलले मुस्किलले एक शट खेलेका थिए। तर, पहिलो दुई खेलमा जसरी आउट भएका थिए, त्यसबाट उनी निराश थिए।
सिरिजको पहिलो खेलमा ‘रनिङ बिट विन द विकेट’को ढिलाइका कारण उनी ५३ बलमा ६४ रन बनाएर रनआउट भए। दोस्रो खेलमा उनले काइल मेयर्सको लेगकटरमा अनौठो स्कूप गर्ने प्रयास गरे। तर, बल सिधा बलरको हातमा पर्दा उनी ४९ बलमा ४३ रनमा समेटिए।
बुधबार तेस्रो एकदिवसीयमा गिल शतकनजिक पुगेका थिए। तर, ‘पोर्ट अफ स्पेन’मा लगातारको वर्षाले उनलाई ९८ रनमा अविजित रहन बाध्य बनायो। सायद, उनी मैदानबाट बाहिर निकाल्दा एकपटक फेरि निराश भए।
भारतको इनिङ्स ३६ ओभरमा ३ विकेटमा २२५ रनमा समाप्त भयो। तर, गिलले यो भ्रमणमा ऋतुराज गायकवाडलाई उछिन्दै एकदिवसीयमा भारतको ब्याकअप ओपनर बन्ने संकेत देखाए।
क्वीन्स पार्क ओभलमा गिलको लयलाई दुई पटकको वर्षाको अवरोधबाहेक अरू केहीले तोड्न सकेन। उनले आफ्नो विकेट बचाउन उच्च जोखिममा रहेका सर्टहरू खेलेनन् भने रन लिन छिटो पनि दौडिएनन्।
शिखर धवनले थप जोखिम उठाए र गिलसँग ११३ रनको ओपनिङ साझेदारी गर्दै भारतलाई खेलमा हावी गराए। तर, लेगस्पिनर हेडन वाल्शले धवनलाई गुगली गर्दै मिडविकेटमा क्याच गराउँदै साझेदारी टुटाए। त्यतिन्जेल गिलले ६० बलमा आफ्नो अर्धशतक पूरा गरिसकेका थिए।
भारतले २४ ओभरमा १ विकेट गुमाएर ११५ रन बनाएको बेला वर्षा सुरु भयो। करिब साढे दुई घण्टापछि वर्षा रोकियो। भारतको इनिङ्स ४० ओभरमा समेटिएपछि गिल आएर आफ्नो खेल सुरु गरे र ३३ बलमा ४७ रन बनाए।
तेस्रो एकदिवसीयअघि गिलले सार्वजनिक रूपमा भनेका थिए– धवनसँग मलाई ओपन गर्न सोध्दा उत्साहित थिए। त्यो विश्वासमा जित्नु मेरो लागि महत्त्वपूर्ण थियो। र, म टोलीमा योगदान दिन पाउँदा खुसी छु।’
भारतीय टोलीले तेस्रो एकदिवसीयमा गायकवाडलाई प्रयोग गर्ने रणनीति बनाएको थियो। तर, अन्तिम समयमा गिललाई नै मौका दिने निर्णय भयो। उनले त्यस मौकालाई सदुपयोग गरे।
वर्षाले गिलबाट उनको पहिलो एकदिवसीय शतक खोसियो। तर, यो उनको लागि अविस्मरणीय यात्रा थियो। सन् २०१९ मा भारतको अघिल्लो क्यारेबियन भ्रमणका लागि तीनवटै टोलीमा नपरेका उनले यसपटक एकदिवसीय सिरिजमा ‘प्लेयर अफ द सिरिजको अवार्ड’समेत जिते।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।