काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को एकदिवसीय वरीयतामा नेपाल यथावत् रहन सफल भएको छ।
आईसीसीले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १९औं स्थानमा यथावत् रहेको हो। अघिल्लो वरीयतामा पनि नेपाल १९औं स्थानमा रहेको थियो।
नयाँ वरीयतामा न्यूजिल्यान्ड शीर्ष स्थानमा रहेको छ। इङ्ग्ल्यान्ड दोस्रो, भारत तेस्रो, पाकिस्तान चौथो स्थानमा रहँदा अस्ट्रेलिया पाँचौं स्थानमा रहेको छ।
टी–२० वरीयतामा भने नेपाल १३औं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।