काठमाडौं- भ्रमणकारी भारतले घरेलु टोल वेस्ट इन्डिजसँगको तीन ओडीआई खेलको सिरिज क्लिनस्विप गरेको छ।
भारतले तेस्रो खेलमा वेस्ट इन्डिजलाई डकवर्थ लेविस पद्धतिको आधारमा ११९ रनले पराजित गर्दै सिरिज क्लिनस्वप गरेको हो।
वर्षाले प्रभावित खेलमा भारतले निर्धारित ३६ ओभरमा ३ विकेट गुमाउँदै २२५ रन बनाएको थियो।
वर्षाले खेल रोकिँदा २४ ओभरमा भारत ११५–१ को अवस्थामा थियो। बाँकी १२ ओभरमा भारतले ११० रन बनाएको थियो। भारतका शुभमन गिलले सर्वाधिक ९८ रनको अविजित इनिङ्स खेले। उनले ९८ बलमा ७ चौका र २ छक्का प्रहार गरे।
यता,ओपनर तथा कप्तान शिखर धवन ७४ बलमा ७ चौकासहित ५८ रनमा आउट भए। पहिलो विकेटका लागि गिल र धवनले १२२ रनको शतकीय साझेदारी गरेका थिए।
श्रेयस ऐर ३४ बलमा ४ चौका र १ छक्कासहित ४४ र सूर्यकुमार यादव ८ रनमा आउट भए।
वेस्ट इन्डिजका स्पिनर हायडन वाल्श जुयिनरले सर्वाधिक २ विकेट लिए।
पुन: वर्षाको कारण वेस्ट इन्डिजले २६ ओभरमा डकवर्थ लेविस पद्धतिको आधारमा २५७ रनको लक्ष्य पाएको थियो। उक्त लक्ष्य पछ्याउनेक्रममा वेस्ट इन्डिज निर्धारित २६ ओभरमा १३७ रनमा अलआउट भयो।
वेस्ट इन्डिजका कप्तान निकोलस पूरनले ३२ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ४२ रन बनाए। यता, रब्रेन्डन किंगले ३७ बल खेल्दै ५ चौका र १ छक्कासहित ४२ रन बनाए।
शाई होपले ३३ बलमा १ छक्कासहित २२ रन बनाए। अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन्।
भारतका युजभेन्द्र चहलले ४ ओभरमा १७ रन खर्चेर सर्वाधिक विकेट लिए। शार्दुल ठाकुर र मोहम्मद शिराजले २/२ विकेट लिए. भारत पहिलो खेलमा ३ रन र दोस्रो खेलमा दुई विकेटले विजयी भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।