काठमाडौं- मध्यक्रमका ब्याटर जोनी बेयरस्टो र मोइन अलीको विष्फोटक ब्याटिङमा घरेलु टोली इङ्ग्ल्यान्डले पहिलो टी-२० आईमा खेलमा दक्षिण अफ्रिकालाई पराजित गरेको छ।
बुधबार राति सम्पन्न खेलमा इङ्ग्ल्यान्डले दक्षिण अफ्रिकालाई ४१ रनले पराजित गरेको हो। योसँगै इङ्ग्ल्यान्डले तीन खेलको सिरिजमा १-० को अग्रता लिएको छ।
जितको लागि २ सय ३५ रनको विशाल विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९३ रन बनायो।
दक्षिण अफ्रिकाको लागि मध्यक्रमका ब्याटर ट्रिस्टन स्टब्सले विष्फोटक ब्याटिङ गर्दै ७२ रन बनाए। उनले २८ बलमा २ चौका र ८ छक्का प्रहार गरे।
करिअरको तेस्रो खेल भएपनि उनले पहिलो पटक ब्याटिङको अवसर पाएका थिए।
ओपनर रिजा हेन्ड्रिक्स ३३ बलमा ९ चौका र १ छक्कासहित ५७ रनमा आउट भए। हेनरिक क्लासेन २० र एन्डियो फेहकुवओ २२ रनमा आउट भए।
इङ्ग्ल्यान्डका तीव्र गतिका बलर रिचर्ड ग्लेसनले ४ ओभरमा ५१ रन खर्चेर ३ विकेट लिए। रिस टोप्ली र आदिल राशिदले २/२ विकेट लिए। मोईन अलीको नाममा १ विकेट रह्यो।
त्यसअघि काउन्ट्री ग्राउन्ड बिस्टलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इङ्ग्ल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ३४ रन बनायो। टी-२० आईमा यो इङ्ग्ल्यान्डको दोस्रो ठूलो योगफल हो। यसअघि सन् २०१९ मा इङ्ग्ल्यान्डले न्यूजिल्यान्डविरुद्ध २४१ रन बनाएको थियो।
इङ्ग्ल्यान्डका जोनी बेयरस्टोले सर्वाधिक ९० रनको इनिङ्स खेले। उनले ५३ बलमा ३ चौका र ८ छक्का प्रहार गरे।
यता, मोइन अलीले १८ बलमा २ चौका र ६ छक्कासहित ५२ रनको इनिङ्स खेले।
डेविड मलान २३ बलमा १ चौका र ४ छक्कासहित ४३ रनमा आउट भए। जस बट्लरले भने ७ बलमा २ चौका र २ छक्कासहित २२ रन बनाए।
दक्षिण अफ्रिका लुन्गी एनगिडीले ४ ओभरमा ३९ रन खर्चेर सर्वाधिक ५ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।