काठमाडौं- महिला क्रिकेटको ५० ओभरको विश्वकप २०२५ मा भारतमा हुने भएको छ। साथै, अर्को दुई टी-२० विश्वकप २०२४ मा बंगलादेश र २०२६ मा इङ्ल्यान्डमा हुनेछ।
त्यस्तै श्रीलंकाले २०२७ मा महिला क्रिकेटमा च्याम्पियन्स ट्रफीको पहिलो संस्करणको आयोजना गर्ने भएको बर्मिङ्घममा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को वार्षिक बैठकको अन्तिम दिन घोषणा गरिएको थियो।
भारतले २०२५ मा पाँचौं पटक ५० ओभरको महिला विश्वकप आयोजना गर्नेछ र २०१६ को टी–२० विश्वकपपछि पहिलो पटक महिला क्रिकेटमा विश्वव्यापी प्रतियोगिता आयोजना गर्नेछ।
सन् २०२२ जस्तै यस विश्वकपमा पनि आठ टोलीको सहभागिता रहनेछ र कुल ३१ खेल हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।