काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दलाई लङ सर्भिस अवार्डबाट सम्मानित गरेको छ।
इङ्ग्ल्यान्डको बर्मिङ्गममा जारी आईसीसीको वार्षिक साधरण सभाबाट चन्दलाई क्रिकेट बोर्डमा लामो समय रहेर सेवा गरेवापत् उक्त अवार्ड दिएको क्यानले जनाएको छ।
नेपालको तर्फबाट अध्यक्ष चन्द र कार्यबहाक सचिव प्रशान्त विक्रम मल्ल वार्षिक साधरण सभामा भाग लिन गत साउन ४ मा त्यसतर्फ गएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।