काठमाडौं– फ्रान्सेली ओपनर गुस्ताभ म्याकोन टी–२० मा शतक बनाउने सबैभन्दा कान्छो ब्याट्सम्यान बनेका छन्। उनले स्विट्जरल्यान्डविरुद्धको आईसीसी टी–२० विश्वकप २०२४ को युरोपियन छनोट खेलमा यो उपलब्धि हासिल गरेका हुन्।
गुस्ताभले १८ वर्ष २८० दिनको उमेरमा स्वीट्जरल्यान्डविरुद्ध ६१ बलमा १०९ रनको इनिङ्स खेलेका हुन्। उनले आफ्नो इनिङ्समा ५ चौका र ९ छक्का प्रहार गरे। यो उनको दोस्रो अन्तर्राष्ट्रिय खेल हो।
यसअघि उनले चेक गणतन्त्रविरुद्धको डेब्यू टी–२० खेल खेलेका थिए। उक्त खेलमा उनले ५४ बलमा ७६ रन बनाएका थिए। टी–२० मा सबैभन्दा कम उमेरमा शतक बनाउने कीर्तिमान अफगानिस्तानका हजरतुल्लाह जाजाईको नाममा थियो
अफगानिस्तानका ओपनर जाजाईले २०१९ मा आयरल्यान्डविरुद्ध २० वर्ष ३३७ दिनमा शतक बनाएका थिए। त्यसपछि जाजाईले ६२ बलमा अविजित १६२ रन बनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।