काठमाडौं- बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई)ले प्रयोगात्मक आधारमा खेलाडीको उमेर ठगी पत्ता लगाउन सफ्टवेयर प्रयोग गर्ने तयारी गरेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार बीसीसीआईले ‘टीडब्ल्यूथ्री’ विधिसँगै ‘बोनएक्सपर्ट सफ्टवेयर’ प्रयोग गर्ने तयारी गरेको हो। यस सफ्टवेयरमार्फत् तुरुन्तै नतिजा प्राप्त गर्न सकिन्छ, जसले बीसीसीआईको खर्चमा पनि ८० प्रतिशतसम्म बचत हुने अपेक्षा गरिएको छ ।
उमेर जालसाजीप्रति शून्य सहनशीलता नीति अपनाउँदै बीसीसीआईले हाल ‘टीडब्ल्यूथ्री’ विधि (बायाँ हात र नाडीको एक्स-रेमा आधारित) प्रयोग गरिरहेको छ।
हालको विधिमा प्रत्येक परीक्षणको लागत २४ सय भारु छ र नतिजा आउन तीनदेखि चार दिन लाग्छ। तर, प्रस्तावित ‘बोनएक्सपर्ट सफ्टवेयर’को प्रयोगले तत्काल नतिजा दिनेछ र लागत २८८ भारु मात्र हुनेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।