काठमाडौं- वेस्ट इन्डिज भ्रमणका लागि एकदिवसीय क्रिकेटमा भारतको कप्तान बनेका शिखर धवनले पहिलो खेलमा उत्कृष्ट ब्याटिङ गरेका थिए। उनले ९७ रनको इनिङ्स खेले। तर, उनले आफ्नो करिअरको १८औं शतक बनाउने मौका भने गुमाए।
धवन एकदिवसीय क्रिकेटमा सातौं पटक ‘नर्भस नाइन्टीज’को सिकार बने। पहिलो खेलमा जस्तै दोस्रो खेलमा पनि उनी रन बनाउन चाहन्छन्। उनीहरूसँग आइतबार हुने दोस्रो खेलमा विशेष उपलब्धि हासिल गर्ने मौका हुनेछ।
धवन वेस्ट इन्डिजविरुद्धको एकदिवसीय क्रिकेटमा एक हजार रन पूरा गर्ने भारतीय ब्याट्सम्यान बन्न सक्छन्। उनीअघि ६ भारतीय खेलाडीले यो अंक छुनिसकेका छन्। जसमध्ये दुई जना अहिले एकदिवसीय खेलमा सक्रिय छन्। धवनले २९ खेलमा ९४१ रन बनाएका छन् । यस अवधिमा उनको औसत ३४.८५ रहेको छ। उनले दुई शतक र ६ अर्धशतक प्रहार गरेका छन्। धवनको सर्वाधिक ११९ रन रहेको छ।
धवनभन्दा धेरै रन बनाउने खेलाडीमा युवराज सिंह, मोहम्मद अजहरुद्दीन, महेन्द्र सिंह धोनी, सौरभ गांगुली, राहुल द्रविड, सचिन तेन्दुलकर, रोहित शर्मा र विराट कोहली रहेका छन्। युवराजले ९७८, अजहरुद्दीनले ९९८ र धोनीले १ हजार ५ रन बनाएका छन्। धवनले ३८ रन बनाएर युवराज, ५८ रन बनाएर अजहरुद्दिन र गांगुलीले ६५ रन बनाएपछि छाड्ने छन्।
गांगुलीले ११४२ रन बनाएका छन्। वर्तमान भारतीय कप्तानले उनलाई उछिन्न २०२ रन जोड्नुपर्नेछ। यो असम्भव छैन, तर कठिन पक्कै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।