काठमाडाैं-३२ वर्षीय ग्ल्यामोर्गन ब्याट्सम्यान साम नर्थइस्टलाई इङ्ल्यान्डका उत्कृष्ट अनक्याप्ड खेलाडीका रूपमा लिइन्छ। उनले लेस्टरशायरविरुद्ध अपराजित ४१० रन बनाएका छन्। उनी अपराजित रहे।
नर्थइस्टको इनिङ्स इङ्ल्यान्डमा बनाएको तेस्रो सबैभन्दा ठूलो इनिङ्स हो। र, विश्वभरमा नवौं सर्वाधिक प्रथम श्रेणीको इनिङ्स हो।
अन्तिम ओभरमा रोनान वाकरलाई लगातार दुई छक्का प्रहार गर्दै उनले ४०० अंक पार गरेका थिए। नर्थइस्टले आफ्नो इनिङ्समा ४५० बलको सामना गर्दै ४५ चौका र तीन छक्का प्रहार गरे।
ग्ल्यामोर्गनले ५ विकेटको क्षतिमा ७९५ रनमा पहिलो इनिङ्स घोषणा गरेको थियो।
नर्थइस्ट र क्रिस कुकले छैटौं विकेटका लागि ७१.३ ओभरमा ४६१ रनको साझेदारी गरेका थिए। जुन साझेदारी आफैंमा एक रेकर्ड हो। यो इङ्ल्यान्डको सबैभन्दा ठूलो प्रथम श्रेणी साझेदारी र इतिहासमा दोस्रो उच्च साझेदारी हो।
प्रथम श्रेणी क्रिकेटमा सर्वोच्च स्कोरको कीर्तिमान भने ब्रायन लाराको नाममा छ। उनले वारविकशायरका लागि १९९४ मा डरहमविरुद्ध अविजित ५०१ रन बनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।