काठमाडौं– विश्व क्रिकेटका लागि ३१ वर्षीय बेन स्टोक्सले एकदिवसीय क्रिकेटबाट सन्यास लिनु केही आश्चर्यको विषय रह्यो। सायद स्टोक्स पनि यस सन्यासबाट दुविधामा थिएनन्।
स्टोक्सले सन्यास लिँदै गर्दा खेलाडीहरूलाई कार्ट जस्तो व्यवहार नगर्न क्रिकेट अधिकारीहरूलाई आग्रह गरेका थिए।
उनी भन्थे, ‘हामी कुनै गाडी होइनौं, सधैं चलाइराख्न।’ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने उनको निर्णयले अहिले सबैलाई सचेत गराएको छ।
स्टोक्सका अनुसार अहिले धेरै क्रिकेट प्रतियोगिताहरु आयोजना भइरहेका छन्। जसले गर्दा कुनै पनि खेलाडीलाई तीनवटै ढाँचामा खेल्न निकै गाह्रो भइरहेको छ।
अस्ट्रेलियाका लागि टेस्ट क्रिकेटमा ओपनिङ गरेका उस्मान ख्वाजा सन् २०१९ यता सीमित ओभरको क्रिकेटमा देखा परेका छैनन्। उनका अनुसार अन्तर्राष्ट्रिय क्रिकेटको म्याग्निच्यूड हेर्दा ५० ओभरको क्रिकेटमा ठूलो कटौती हुनेछ।
‘तपाईंसँग टेस्ट क्रिकेट छ, जुन शीर्षमा छ। तपाईंसँग टी–२० क्रिकेट पनि छ, जसको स्पष्ट रूपमा विश्वभर लिगहरू छन्। सबैले यसलाई हेर्न मन पराउँछन्। यी दुई एकदिवसीय क्रिकेट हो, जसले आफ्नो प्रभाव गुमाउँदैछ। सायद यी तीन ढाँचामध्ये यो अन्तिम हो,’ उनी भन्छन्।
उनी थप्छन्,‘व्यक्तिगत रूपमा मलाईं एकदिवसीय क्रिकेट बिस्तारै मर्दै गएको जस्तो लाग्छ। त्यहाँ अझै पनि विश्वकप छ, जुन हेर्न पाउनु साँच्चै रमाइलो छ। तर, व्यक्तिगत रूपमा मलाईं एकदिवसीय क्रिकेट त्यति मन पर्दैन।’
अष्ट्रेलियाले शुक्रबार आफ्नो गर्मी मौसमको लागि अन्तर्राष्ट्रिय क्यालेन्डर सार्वजनिक गरेको छ। त्यसपछि ख्वाजाले एकदिवसीय क्रिकेटमा आफ्नो धारणा राखेका थिए।
ख्वाजाले अहिले तीनवटै ढाँचामा खेल्न सक्ने खेलाडी बनाउन नसकिने बताए। ‘यदि तीनवटै ढाँचा खेल्नुभयो भने तपाईं घरमा कहिल्यै हुनुहुन्न। साथै तपाईं मानसिक र शारीरिक रूपमा धेरै थकित हुनुहुन्छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।