काठमाडौं- श्रीलंकामा आयोजना हुने भनिएको एसिया कप संयुक्त अरब इमिरेट्स (युएई)मा हुने भएको छ।
बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई)का अध्यक्ष सौरभ गांगुलीले एसिया कप युएईमा हुने जानकारी दिएका हुन्।
‘एसिया कप युएईमा हुनेछ। यो एक मात्र ठाउँ हो, जहाँ वर्षा हुँदैन,’ गांगुलीले मुम्बईमा बोर्डको शीर्ष परिषद् बैठकपछि भने।
श्रीलंका क्रिकेट (एसएलसी) ले बुधबार एसियाली क्रिकेट काउन्सिल (एसीसी)लाई देशमा आर्थिक र राजनीतिक संकटका कारण प्रतियोगिता आयोजना गर्न नसक्ने जानकारी दिएको थियो।
एसएलसीले हालै जारी संकटका कारण श्रीलंका प्रिमियर लिग (एलपीएल) को तेस्रो संस्करण स्थगित गरेको थियो।
एसिया कप अगस्ट २७ देखि सेप्टेम्बर ११ सम्म हुने तय भएको छ। यो टी–२० ढाँचामा खेलाइने छ।
एसिया कपमा आयोजक युएईसँगै अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंकाको सहभागिता रहनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।