• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक ६, २०८३ Fri, Oct 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदुले दिए राजीनामा 

64x64
नेपाल लाइभ बुधबार, साउन ४, २०७९  १५:३६
1140x725

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायकेले पदबाट राजीनामा दिएका छन्। क्यानडा र स्कटल्यान्ड भ्रमणबाट नेपाली टोली फर्किएलगत्तै पुबुदुले राजीनामा दिएको जानकारी दिएका हुन्।

पुबदुले एक साताअघि नै मेलमार्फत क्यानलाई राजीनामा पत्र पठाएका थिए। उनले व्यक्तिगत कारणले टिम छाडेको राजीनमामा उल्लेख गरेका छन्। एक साताअघि राजीनामा दिए पनि उनले बुधबार मात्र पत्रकार सम्मेलन गरेर त्यसबारे जानकारी दिएका हुन्। 

पत्रकार सम्मेलनमा पनि उनले परिवारलाई समय दिन क्यानडा फर्किनु परेकाले राजीनामा दिएको बताए। उनले भने, 'मैले व्यक्तिगत कारणले राजीनामा दिएको हुँ। क्यानडामा परिवारलाई समय दिन आवश्यक छ। अबका केही वर्ष मैले क्यानडाबाहिर काम गर्न सक्ने अवस्था छैन।'

क्रिकेट वर्ल्डकप लिग-२ खेलिरहेको नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउन मुस्किल परेपछि पुबुदु दबाबमा थिए। पछिल्लो पटक अमेरिका, क्यानडा र स्कटल्यान्डमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले राम्रो प्रदर्शन गर्न सकेको थिएन। त्यसअघि क्रिकेट वर्ल्डकप लिग-२ अन्तर्गत अमेरिका भ्रमणमा पनि नेपालले गतिलो प्रदर्शन गरेको थिएन।

अमेरिकामा नेपालले ओमानसँग एक खेल जितेको थियो भने अमेरिकासँग एउटा खेल टाइ भएको थियो। बाँकी दुई खेलमा नेपाल पराजित भएको थियो। त्यसपछि क्यानडासँगको एउटा एक दिवसीयमा पनि नेपाल पराजित भएको थियो।

क्यानडाबाट लिग-२ अन्तर्गत त्रिकोणात्मक श्रृङ्खला खेल्न स्कटल्यान्ड गएको नेपालको लक्ष्य कम्तीमा तीन खेल जितेर लिगको पाँचौँ स्थान बलियो बनाउने थियो। तर, तीन खेलमा हारेर नेपाल छैटौँ स्थानमा नै यथावत् रहेपछि ओडीआई मान्यता जोगाउन मुस्किल बनेको छ। सात देश सम्मिलित लिग-२ मा पुछारका दुई टिमले ओडीआई मान्यता गुमाउँछन्।

pubudu11658312347.JPG

पुबुदुले गएको मंसिरमा नेपाल नेपाल क्रिकेट संघ (क्यान)सँग दुई वर्षे सम्झौता गर्दा ओडीआई मान्यता जोगाउने पहिलो लक्ष्य भएको बताएका थिए। तर, पछिल्लो समय नेपालको प्रदर्शन निरन्तर खस्किँदा उनी संकटमा परेका थिए। उनको दोस्रो कार्यकालमा नेपालले लिग-२ अन्तर्गत यूएई, अमेरिका र स्कटल्यान्ड भ्रमण गरी १२ खेल खेलेको थियो। त्यसमा नेपालले चार जित, एउटा बराबरी खेल्दा सात वटामा हार बेहोरेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

पुबुदुले पहिलोपल्ट सन् २०११ देखि २०१५ सम्म नेपाल टिमको प्रशिक्षण संहालेका थिए। त्यस समयमा नेपालले आईसीसी विश्व क्रिकेट लिग डिभिजन ४ देखि १ सम्मको यात्रा गरेको थियो। सन् २०१४ मा बंगलादेशमा आयोजित टी–२० विश्वकपमा उनले छनौट गराएका थिए। 

नेपालले सन् २०१८ मा ओडीआई मान्यता पाउँदा त्यसको जग बसाउने श्रेय उनैलाई दिइएको थियो। पुबुदु अगाडि छोटो समयका लागि नेपाली टिम सम्हालेका डेभ ह्वाटमोरले नेपालको ब्याटिङ समस्यालाई केही हदसम्म समाधान गरेका थिए। तर, पुबुदु आएपछि त्यो समस्या फेरि बल्झिएको छ।

गत मंसिर अन्तिममा पुबुदुले पद सम्‍हाल्दा खेलाडी र क्यानबीच विवाद थियो। खेलाडी पनि विभाजनको अवस्थामा थिए।

क्यानले कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीसहित चार खेलाडीलाई अनुशासनको कारबाही गरेको थियो। यसबाट खेलाडीमा फुट आएको थियो। पछि मल्ललाई क्यानले टिमबाटै हटायो। त्यसलगत्तैका श्रृङ्खलामा नेपालले लगातार कमजोर प्रदर्शन गरेको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तर, पत्रकार सम्मेलनमा भने पुबुदुले अहिलेको नेपाली टिम उत्कृष्ट भएको बताए। उनले विवादकै कारण प्रदर्शन खस्किएको संकेत पनि गरे। पुबुदुले विवादहरू नहुने हो भने राम्रो प्रदर्शन गर्न सक्ने बताएका थिए।

प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  १५:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट
तिब्बतमा शक्तिशाली भूकम्पमा परि १६ जनाको मृत्यु , ६५ घाइते
सम्बन्धित सामग्री
कर्णाली याक्सका अरिफुल र अकबर आइपुगे कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण खेल्न २ बंगलादेशी क्रिकेटर अरिफुल इस्लाम र अकबर अली काठमाडौं आइपुगेका... शुक्रबार, कात्तिक ६, २०८३
नेपाल प्रिमियर लिगको उद्घाटन दिनको टिकट आधा घण्टामै सोल्ड आउट नेपाल क्रिकेट संघ (क्यान) ले गएराति ८ बजे टिकट बिक्री खुला गरेको थियो । बिक्री खुला भएको ३० मिनेटमै उद्घाटन दिनका सबै टिकट सोल्ड आउट... शुक्रबार, कात्तिक ६, २०८३
पाकिस्तानी कप्तान फरहान कर्णाली याक्समा ३० वर्षीय ओपनर फरहानले पाकिस्तानका लागि ५१ टी–२० अन्तर्राष्ट्रिय खेलमा १ हजार ५५४ रन बनाएका छन्। यस क्रममा उनले दुई शतक र १३ अर्धशतक... बिहीबार, कात्तिक ५, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट शुक्रबार, कात्तिक ६, २०८३
तिब्बतमा शक्तिशाली भूकम्पमा परि १६ जनाको मृत्यु , ६५ घाइते शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
एकाएक किन खुल्न छाेडे राष्ट्रपति देखि प्रधानमन्त्री कार्यालयसम्मकाे वेबसाईट, यस्ताे छ अन्तर्रास्ट्रिय असर बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्