काठमाडौं– दक्षिण अफ्रिकाविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा इंग्ल्याण्ड ६२ रनले पराजित भएको छ। चेस्टर ली स्ट्रीटमा गएराति भएको खेलमा इंग्ल्याण्ड दक्षिण अफ्रिकासँग ६२ रनले पराजित भएको हो।
टस जितेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३३३ रन बनाएको थियो। जितका लागि ३ सय ३४ रनको लक्ष्य पाएको घरेलु टोली इंग्ल्याण्ड ४६ ओभर ५ बलमा २ सय ७२ रनमा अलआउट भयो ।
दक्षिण अफ्रिकाका लागि रासी भा डेर डुसेनले १३४ रनको शतकीय पाली खेले। त्यस्तै ऐडेन मार्करमले ७७ र जानेमन मलानले ५७ रनको पाली खेले।
इंग्ल्याण्डका लागि जो रुटले ८६ र जोनी बेयरस्टोले ६३ रनको पाली खेले पनि त्यो जितका लागि पर्याप्त हुन सकेन।
दोस्रो एकदिवसीय शुक्रबार र तेस्रो एकदिवसीय खेल आइतबार हुनेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।