काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिम आज मंगलबार स्वदेश फर्किंदैछ।
स्कटटल्याण्डमा आयोजना भएको आईसीसी पुरुष विश्वकप लिग–टू अन्तर्गतका खेल सकेर नेपाली टोली स्वदेश फर्किन लागेको हो।
स्कटल्याण्ड भ्रमणमा नेपालले आयोजक स्कटल्याण्डसहित नामिबियासँग प्रतिस्पर्धा गरेको थियो। ४ वटा खेलमा नेपालले १ मा मात्रै जित हात पार्न सक्यो।
नेपालले पहिलो खेल नामिबियासँग हारेको थियो भने दोस्रो खेलमा स्कटल्याण्डलाई पराजित गरेको थियो। त्यस्तै, तेस्रो खेलमा नमिबियासँगै हार व्यहोरेको थियो भने चौंथो तथा अन्तिम खेलमा स्कटल्याण्डसँग लज्जास्पद हार व्यहोरेको थियो।
७ टिम सहभागी विश्वकप लिग टूको समूह चरणमा नेपाल २० खेलमा १७ अंकसहित समूहको छैटौं स्थानमा छ। नेपालले ८ मा जित, ११ मा हार र १ खेलमा बराबरी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।