काठमाडौं– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आज (शनिबार) नामिबियासँग खेल्दै छ।
स्कटल्यान्ड भ्रमणमा नेपालले त्रिदेशीय एक दिवसीय श्रृङ्खलाको तेस्रो खेलमा आज नामिबियासँग खेल्न लागेको हो। खेल दिउँसो पौने ४ बजे सुरु हुनेछ।
यसअघि पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो।
दोस्रो खेलमा भने घरेलु टोली स्कटल्याण्डलाई ५ विकेटले हराएको थियो।
नेपाल र नामिबियाले एक दिवसीयसहित ६ पटक खेलेका छन्। जसमा नेपालले ४ पटक जितेको छ भने २ खेलमा हार बेहोरेको छ।
लिग–२ मा ३६ खेलमध्ये अहिलेसम्म १८ खेल खेलेको नेपाल १७ अंकसहित तालिकाको पाँचौ स्थानमा छ। नामिबिया १७ खेलमा १६ अंकसहित छैटौं स्थानमा छ।
नेपालले आइतबार स्कटल्यान्डसँग खेल्नेछ। समान ३६ खेल खेलेपछि लिग–२ को शीर्ष ३ मा पर्ने टोलीले सन् २०२३ को जुन–जुलाईमा जिम्बाब्वेमा हुने विश्व कप छनोटमा स्थान बनाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।