काठमाडौं- इङ्ल्यान्डले भारतसँगको दोस्रो एक दिवसीय क्रिकेट एक सय रनले जितेको छ। घरेलु टोली इङ्ल्यान्डले दिएको २ सय ४७ रनको लक्ष्य पछ्याएको भारत १ सय ४६ रनमा अलआउट हुन पुग्यो।
भारतका लागि हार्दिक पाण्ड्या र रविन्द्र जडेजाले सर्वाधक २९/२९ रन बनाए। विराट कोहली १६ रनमा आउट हुँदा अन्य ६ खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।
इङ्ल्यान्डका रेस टोप्लीले ६ विकेट लिए। उनको यो करियरकै उत्कृष्ट रेकर्ड हो।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको इङ्ल्यान्डले मोइन अलीको ४७ र डेविड विलीको ४१ रनको मद्दतमा २ सय ४६ रन बनायो। भारतका युजवेन्द्र चहालले ४ तथा जसप्रित बुम्राह र हार्दिक पाण्ड्याले २/२ विकेट लिए।
जितसँगै ३ खेलको श्रृङ्खला १/१ को बराबरीमा पुगेको छ। यसअघि भएको टी–२० श्रृङ्खला भारतले २/१ ले जितेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।