काठमाडौं– आईसीसी पुरुष विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिजमा स्कटल्याण्डले नेपाललाई १४५ रनको लक्ष्य दिएको छ। टिटवुड ग्लासगोमा भएको खेलमा स्कटल्याण्डले ४२.५ ओभरमा अलआउट हुँदै १४४ रन बनाएको थियो।
बलियो प्रतिद्वन्द्वी स्कटल्याण्डविरुद्ध नेपाली बलरले कसिलो बलिङ गरेका थिए। स्कटल्याण्डका लागि गाभिन मेनले सर्वाधिक ६४ रनको अर्धशतकीय इनिङ खेलेका छन्। यस्तै, मार्क वाटले १७ तथा साफ्यान शारिफले १६ रन जोडे भने कलुम म्याकलोडले १३ रन जोडे।
अन्य खेलाडीले भने दोहोरो रन जोड्न सकेनन्। नेपालका लागि सोमपाल कामी र आदील आलमले समान तीन/तीन विकेट लिएका छन्। कप्नान संदीप क्षेत्रीले दुई विकेट लिँदा करण केसी र दीपेन्द्र सिंह ऐरीले समान एक/एक विकेट लिए। नेपालका सामु स्कटल्याण्ड बलियो टोली हो। नेपालको जित्ने उत्साहका साथ ब्याटिङमा उत्रिदैछ।
सिरज अन्तर्गत नेपाल पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको थियो। स्कटल्याण्डले भने यसअघि नामिबियालाई नै ७७ रनले पराजित गरेको थियो। आज नेपालविरुद्ध दोस्रो जित निकाल्ने दाउमा स्टकल्याण्ड रहेको छ भने नेपाल पहिलो जित निकाल्ने कोशिसमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।