तस्बिर : एएफपी।
काठमाडौं– घरेलु टोली इंग्ल्यान्डविरुद्धको पहिलो एकदिवसीयमा पाहुना टोली भारत विजयी भएको छ। लण्डनको दी ओभलमा मंगलबार राति भएको खेलमा भारतले इंग्ल्यान्डलाई १० विकेटले हराएको हो।
इंग्ल्यान्डले दिएको १११ रनको लक्ष्य भारतले १८ ओभर ४ बलमा बिनाविकेटको क्षतिमा लक्ष्य पूरा गर्यो।
भारतको जितमा कप्तान रोहित शर्माले अविजित ७६ रनको अर्धशतकीय इनिङस खेले। यस्तै, शिखर धवन ३१ रनमा अविजित रहे।
त्यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २५ ओभर २ बलमा अलआउट हुँदै १ सय १० रन बनाएको थियो। इंग्ल्यान्डका लागि कप्तान जोस बट्लरले ३० तथा डेभिड विलिले २१ रन बनाए। ब्रेडन कार्सेले १५ रन जोड्दा मोइन अलि १४ रन बनाए।
भारतका जस्प्रित बुमराहले ६ विकेट लिए। मोहमद शामीले तीन र प्रसिद्ध कृष्णले एक विकेट लिए। जितसँगै तीन खेलको एकदिवसीय श्रृंखलामा भारतले एक–शून्यको अग्रता बनाएको छ।
दोस्रो एकदिवसीय बिहीबार र तेस्रो तथा अन्तिम एकदिवसीय खेल आइतबार हुनेछ। यसअघि भएको तीन खेलको टी–२० श्रृंखला भारतले दुई–एकले जितेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।