फाइल तस्बिर।
काठमाडौं– आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत बुधबार नेपाललले बलियो प्रतिस्पर्धी स्कटल्याण्डको सामना गर्दैछ। स्कटल्याण्डको ग्लासगोमा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ।
त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नामिबियासँग हारेको नेपाल बुधबार पहिलो जितको खोजीमा हुनेछ। तर, बलियो टोली स्कटल्याण्डलाई हराउन नेपाललाई सहज छैन। नेपाल पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको थियो।
स्कटल्याण्डले भने पहिलो खेलमा नामिबियामाथि ७७ रनको जित हात पारेको थियो।
लिग टू को अंक तालिकामा नेपाल १७ खेलमा १५ अंक जोडेर छैटौं स्थानमा रहेको छ। स्कटल्याण्ड २१ खेलमा ३० अंक जोडेर दोस्रो स्थानमा रहेको छ।
सिरिज अन्तर्गत अब नेपालले तेस्रो खेलमा नामिबियाविरुद्ध शनिबार र अन्तिम खेलमा स्कटल्याण्डविरुद्ध अर्को आइतबार खेल्नेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।