काठमाडौं– नेकोस राष्ट्रिय क्रिकेट संघले अम्पायरिङ र स्कोरिङ तालिम आयोजना गर्ने भएको छ। ईलाममा आयोजना हुने तालिम असार ३१ देखि साउन १ गतेसम्म चल्नेछ।
तालिमको मुख्य प्रशिक्षकमा अन्तर्राष्ट्रिय अम्पायर बुद्धिबहादुर प्रधान रहेको संघका अध्यक्ष बिप्लभ घोषले जनाएका छन्। अध्यक्षका अनुसार तालिममा नेपाली महिला तथा पुरुषले सहभागिता जनाउन पाउने र नेपाली नागरिकता अनिवार्य गरिएको छ।
नेकोस राष्ट्रिय क्रिकेट संघले दुई हप्ता अगाडि एक पत्रकार सम्मेलनमार्फत् आफ्नो वार्षिक क्यालेन्डर सार्वजनिक गरेको थियो। संघको वार्षिक कार्यक्रम अन्तर्गत नै यो तालिम आयोजना हुने भएको हो।
नेकोस राष्ट्रिय क्रिकेट संघले आयोजना गर्ने यस तालिमलाई नेपाल क्रिकेट संघ (क्यान)ले मान्यता दिएको छ। तालिमको व्यवस्थापकमा इलाम जिल्ला क्रिकेट संघ रहेको छ।
यो तालिमलाई प्रादेशिक क्रिकेट संघ, प्रदेश नं. एकले सहयोग गरेको छ। साथै विशेष सहयोगिमा नेपाल क्रिकेट संघ (क्यान) रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।