• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज १६, २०८३ Fri, Oct 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

अमेरिकामा पूरा नभएको लक्ष्य बोकेर स्कटल्याण्ड पुग्यो नेपाली टिम

64x64
नेपाल लाइभ शुक्रबार, असार २४, २०७९  १९:३७
1140x725

काठमाडौं– गत जेठमा अमेरिका प्रस्थान गर्दै गर्दा नेपाली राष्ट्रिय टोलीको एकै लक्ष्य थियो-आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजको अंक तालिकामा शीर्ष तीनमा पर्ने। अमेरिका भ्रमणमा जानअुघि नेपाल जारी लिग–२ मा १२ खेलबाट १२ अंक जोडेर अंक तालिकामा छैटाैं स्थानमा थियो। लक्ष्य अनुसार शीर्ष तीनमा पर्न नेपालले चार खेलमा चारमा नै जित निकाल्न आवश्यक थियो।

नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछाने पनि ढुक्क थिए चार खेल्न जित्नेमा। उनले भ्रमणअघि भनेका थिए, ‘यो खेल हाम्रो लागि धेरै महत्त्वपूर्ण छ। हामीले विश्वकप लिग–२ मा १२ मात्र खेल खेलेका छौं। नेपालमा खेलेको सिरिजले रिदम फिर्ता आएको छ। म पक्का छु कि यो सिरिजमा चार खेलमा चार नै ब्याटिङले जिताउने छ।’ 

तर, खेल सोचेको जस्तो कहाँ हुन्छ र? नतिजा पनि सन्दीपले नसोचेको झैं फरक आइदियो।

शीर्ष तीनमा पर्ने लक्ष्यसहित अमेरिका पुगेको नेपाल पहिलो खेलमा ओमानसँग १३ रनले पराजित भयो। यस्तै, दोस्रो खेलमा अमेरिकासँग खेल ‘टाइ’ हुँदा तेस्रो खेलमा नेपालले ओमानलाई ७ विकेटले हराएर पुनरागमन गर्ने संकेत देखाएको थियो। तर, अन्तिम खेलमा अमेरिकासँग ५९ रनले पराजित हुँदै नेपालले एक स्थान मात्रै सुधार गर्न सक्यो। 

अहिले नेपाली टोली त्यही लक्ष्य लिएर स्कटल्यान्ड पुगेको छ। यो भ्रमणमा नेपालले घरेलु टोली र नामिबियासँग समान दुई खेल खेल्ने छ।

लिग–२ मा ओमनले सबै खेल अर्थात् ३६ खेल खेलेर ४४ अंक जोड्दै शीर्षस्थानमा छ। त्यस्तै, दोस्रो स्थानमा रहेको टोली स्कटल्यान्डले २० खेलबाट २८ अंक जोडेको छ। २२ खेलबाट २६ अंक जोडेको यूएई तेस्रो स्थानमा छ। २४ खेलबाट २३ अंक जोडेको अमेरिका चौंथो स्थानमा छ। १६ खेलबाट १५ अंक जोड्दै नेपाल पाँचौ स्थानमा रहँदा १४ खेलबाट १४ अंक जोडेको नामिबिया छैटौं स्थानमा रहेको छ।

कप्तान सन्दीप स्कटल्यान्ड र नामिबियासँगको कम्तिमा तीन खेल्दै जित्दै शीर्ष तीनमा पर्ने लक्ष्य रहेको दोहोर्‍याउँछन्। ‘पक्कै पनि, हामी अमेरिका जाँदा चारको चार खेल जित्ने भनेर गएका थियौं। तर, दुवैमा जितको मुखमा पुगेर हारेका थियौंं। अंक तालिकामा हामी पछि छौं। आउने समयमा धेरैभन्दा धेरै खेल जितेर शीर्ष तीनमा पर्ने हाम्रो लक्ष्य छ,’ सन्दीपले भनेका छन्।

नेपालले स्कटल्यान्ड भ्रमणका लागि टोलीमा दुई परिवर्तन गरेको छ। अमेरिका भ्रमणमा रहेका स्पिनर सागर ढकाल, सुशान भारी र ओपनर सुनिल धमला टोलीमा छैनन्। यता, बसिर अहमद पहिलो पटक सिनियर टोलीमा परेका छन्। स्पिन अलराउन्डर पवन सरार्फले टोलीमा पुनरागमन गरेका छन्। सन्दीप अहिलेको टोलीलाई हेर्ने हो उत्कृष्ट रहेको बताउँछन्। तर, लिग–२ मा महत्त्वपूर्ण समयमा ब्याटिङ र बलिङ चल्न नसक्दा नेपालले १६ मध्य ७ खेल जितनजिक पुगेर हार बेहोरेको छ। यो तथ्यलाई सन्दीप पनि स्वीकार गर्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

उनी बलिङ र ब्याटिङ बलियो बनाउन नै बसिर र पवनजस्ता युवा खेलाडीलाई टोलीमा समेटिएको तर्क गर्छन्। ‘बसिर अहिलेको अवस्थामा राम्रो खेलाडी हुन्। उनमा ब्याटिङको क्षमता राम्रो छ। पवन हुनु पनि राम्रो संकेत हो। ब्याटिङ उत्तिकै राम्रो छ। यी दुई खेलाडीको फाइदा लिन सकिन्छ,’ सन्दीपले भने।

फितलो तयारी
नेपाली राष्ट्रिय टोली अमेरिकाबाट फर्किएसँगै क्यानडामा अभ्यास खेल खेल्न जाने तयारीमा थियो। तर, भिसा आउन निकै समय लागेपछि नेपाल ढिलोगरि क्यानडा पुगेको थियो। त्यसअघि नेपाल क्रिकेट संघ (क्यान)ले नेपालले क्यानाडासँग दुई टी–२० आई र दुई एकदिवसीय अभ्यास खेलाउने जनाएको थियो। 

तर, नेपालले भ्रमणमा क्यानडासँग टी–२० खेल भने खेल्न भ्याए। नेपालले स्थानीय क्लब ओन्टारियोसँग पहिलो एकदिवसीय अभ्यास खेलमा ६९ रनले पराजित गरेको थियो। यस्तै, टी–२० अभ्यास खेलमा ओन्टारियोलाई ५५ रनले पराजित गर्दै दोस्रो जित हात पारेको थियो।

लगत्तै नेपालले क्यानडासँग दुई एकदिवसीय क्रिकेट खेल्ने तय थियो। तर, पहिलो खेल वर्षाका कारण रद्द भयो। किङ सिटी ओन्टारियोस्थित मापेल लिफ क्रिकेट क्लब मैदानमा भएको दोस्रो एकदिवसीयमा खेलमा भने नेपाल ८३ रनले पराजित हुन पुग्यो। नेपाल तुलनात्मक रुपमा क्यानडाभन्दा बलियो टोली हो। तर, बिहीबार सम्पन्न खेलमा नेपालको ब्याटिङ चल्न सकेन।

Xtrem

Xtrem

जितका लागि १८९ रनको मध्यम लक्ष्य पछ्याएको नेपाल ३९.२ ओभरमा १०५ रनमा अलआउट भयो।  नेपालका लागि देव खनालले ४९ बलमा २ चौकासहित २६ सर्वाधिक रन बनाए। बसिर अहमद ४१ बलमा १३ र विनोद भण्डारी २३ बलमा १ छक्कासहित १३ रनमा आउट भए। आदिल अन्सारी १३ र सन्दीप लामिछाने ११ रनमा आउट भए।

चार वर्षअघि २०१८ मा नामिबियामा भएको डिभिजन–२ मा करण केसीले नेपाललाई क्यानडामाथि १ विकेटको रोमाञ्चक जित दिलाएका थिए। सोही जितबाटै नेपालले एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा स्थान सुरक्षित गर्दै पहिलो पटक एकदिवसीय मान्यता प्राप्त गरेको थियो। 

त्यसपछि क्यानडासँग नेपालले ५० ओभरको खेल खेलेको यो नै पहिलो पटक थियो। गत फेब्रुअरीमा ओमानमा भएको टी–२० विश्वकप ग्लोबल छनोटमा क्यानडालाई सहजै ८ विकेटले हराएको नेपालले यस पटक ५० ओभरको खेलमा भने आफ्नो स्तर अनुसारको प्रदर्शन गर्न सकेन।

प्रतिस्पर्धीको बलियो प्रदर्शन
आईसीसीको एकदिवसीय विश्व वरीयतामा नेपाल १९औं स्थानमा छ। नेपालका दुवै प्रतिस्पर्धी स्कटल्याण्ड १२औं र नामिबिया १८औं स्थानमा छन्।

स्कटल्यान्डले पछिल्ला पाँच एकदिवसीय खेलमा तीन जित र दुई हारको नतिजा निकालेको छ। अमेरिकामा भ्रमणमा निस्किएको स्कटल्यान्डले घरेलु टोलीसँग पहिलो खेलमा १०४ रनको हार चाखेको थियो भने दोस्रो खेलमा १११ रनको जित निकालेको थियो।

त्यस्तै, स्कटल्यान्डले यूएईसँग पहिलो खेलमा ४ विकेटको जित निकालेको थियो भने दोस्रो खेलमा ५ विकेटको हार बेहोरेको थियो। ओमानसँग भएको खेलमा भने स्कटल्यान्ड २ विकेटको जित निकाल्न सफल भयो।

अर्कोतर्फ नामिबियाले ‘अनअफिसियल’ एकदिवसीयमा हङकङलाई तीनवटा खेलमा लगातार हराएको थियो। पछिल्ला दिनमा नामिबियाले घरेलु मैदानमा अमेरिका र जर्सीसँग टी–२० सिरिज खेलेको छ। टी–२० मा नामिबियाले अमेरिकामाथि क्रमशः ६ र ९ विकेटको जित निकालेको थियो। यता, जर्सीले नामिबियालाई पहिलो खेलमा ६५ रन र दोस्रो खेलमा ३ विकेटले हराएको थियो।

‘दुवै टोली राम्रो छन्। नेपाल पनि बलियो छ। चुनौती पक्कै पनि छ। हामी पूरा फरक अवस्थामा गएर खेल्दैछौं ,’ सन्दीप भन्छन्।

सन्दीपको नजर विश्वकपमा
कप्तान सन्दीप आफ्नो लक्ष्य एकदिवसीय मान्यता जोगाउने भन्दा पनि विश्वकप खेल्ने बताउँदै आएका छन्। उनी विश्वकप खेल्ने हो भने एकदिवसीय मान्यता रहिरहने तर्क गर्छन्।

‘सबै जनाले एकदिवसीय मान्यता बचाऊ बचाऊ भन्नु भएको छ। मेरो लक्ष्य विश्वकप खेल्नेछ। विश्वकप खेल्ने हो भने एकदिवसीय मान्यता हुन्छ। त्यसको पाँच वर्षपछि क्रिकेट अर्कै हुनसक्छ,’ सन्दीप भन्छन्, ‘विश्वकप खेल्ने यात्रा कठिन छ। यो कसैका लागि पनि सहज छैन। कुनै टोली पुछारमा छ। हाम्रो सम्भावना धेरै खेल्न बाँकी छ। हामीले विजयी बानी बसाल्नुपर्छ।’

नेपालले सन् २०१८ मा जिम्बावेमा भएको विश्वकप छनोटको प्लेअफमा पपुवा न्यूगिनीलाई पराजित गरेर पहिलोपटक एकदिवसीय टोलीको मान्यता पाएको थियो।

नेपालको एकदिवसीय मान्यता २०२२ सम्मका लागि भनिएको थियो। तर, कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय क्रिकेटको खेल तालिका प्रभावित भयो। नेपाललाई २०२३ को विश्वकप छनोटसम्मका लागि एकदिवसीय मान्यता छ।

एकदिवसीय मान्यता पाएसँगै नेपालसहित सात देशले लिग–२ खेल्ने अवसर पाएका थिए। २०२३ सम्म चल्ने यो सिरिजमा नेपालसहित प्रत्येक टोलीले ३६ एकदिवसीय खेल खेल्ने तालिका छ। जसमा ९ वटा त्रिकोणात्मक एकदिवसीय समावेश हुनेछन्।

लिग–२ आईसीसी क्रिकेट विश्वकप २०२३ को छनोट प्रतियोगिता हो। साथै एकदिवसीय टोलीको अस्थायी मान्यता निर्धारण गर्ने प्रतियोगिता पनि।

जारी लिग–२ सकिँदा शीर्ष पाँचभित्र पर्नसक्ने टोलीले अर्को विश्वकप छनोटसम्मका लागि एकदिवसीय मान्यता पाउनेछन्। लिग–२ को सातमध्ये पुछारका दुई टोलीको भने एकदिवसीय मान्यता धरापमा पर्नसक्छ।

यद्यपि, लिग–२ को पुछारका दुई टोलीलाई आफ्नो एकदिवसीय मान्यता जोगाइराख्न एक अवसर बाँकी नै रहन्छ। लिग–२ मा पुछारका दुई टोली र आईसीसीको तेस्रो श्रेणीको लिग (आईसीसी विश्वकप च्यालेन्ज लिग) बाट आउने शीर्ष दुई टोलीबीच एकदिवसीय मान्यताका लागि ‘प्लेअफ’ हुनेछ।

लिग–२ र च्यालेन्ज लिग गरी कूल चार टोलीले एकदिवसीय मान्यताका लागि प्रतिस्पर्धा गर्नेछन्। जसमा शीर्ष दुई टोलीले एकदिवसीय मान्यता पाउनेछन् भने पुछारका दुई टोलीले च्यालेन्ज लिग खेल्नुपर्नेछ।

नेपालका लागि आफ्नो एकदिवसीय मान्यता जोगाइराख्न अहिले खेलिरहेको लिग–२ मा शीर्ष पाँचभित्र परे पुग्छ। लिग–२ मा शीर्ष पाँचभित्र पर्न नसके नेपालले एकदिवसीय मान्यताका लागि प्लेअफ खेल्नुपर्ने हुन्छ। च्यालेन्ज लिगका दुई र लिग–२ पुछारका दुई गरी चारमध्ये शीर्ष दुईभित्र परे नेपालको एकदिवसीय मान्यता सुरक्षित रहन सक्छ।

नेपालभन्दा पछि रहेको सातौं स्थानको पपुवा न्यूगिनीले २० खेलबाट २ अंक मात्र जोडेको छ। लिग–२ मा नेपाल सबैभन्दा कम खेल खेल्ने टोली हो।

पपुवा न्यूगिनीभन्दा निकै अघि रहेको नेपालले अंक तालिकामा अघि रहेका नामिबिया र अमेरिकालाई पछि पार्न सक्ने सम्भावना छ। जसले गर्दा नेपालको एकदिवसीय मन्यता जोगिन सक्छ।

प्रकाशित मिति: शुक्रबार, असार २४, २०७९  १९:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लिग २ का लागि टिम घोषणा, कुशल भुर्तेल बाहिर
सुनको मूल्य बढ्यो
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूको शपथ आज
सम्बन्धित सामग्री
लिग २ का लागि टिम घोषणा, कुशल भुर्तेल बाहिर क्यानले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यिय टोलीको घोषणा गरेको हो । शुक्रबार, असोज १६, २०८३
एकदिवसीय विश्वकपमा भारत र पाकिस्तान समूह चरणमै आमनेसामने हुने आईसीसी एकदिवसीय विश्वकप २०२७ को खेलतालिका सार्वजनिक भएसँगै भारत र पाकिस्तानबीच हुने बहुप्रतीक्षित खेलको मिति पनि तय भएको छ। शुक्रबार, असोज १६, २०८३
आईएल टी-२० अक्सनमा दीपेन्द्र ‘अन्सोल्ड’ नेपाली राष्ट्रिय टी–२०आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी यूएईको इन्टरनेशनल लिग (आईएल) टी-२० मा अन्सोल्ड भएका छन्। दीपेन्द्र... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
लिग २ का लागि टिम घोषणा, कुशल भुर्तेल बाहिर शुक्रबार, असोज १६, २०८३
सुनको मूल्य बढ्यो शुक्रबार, असोज १६, २०८३
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूको शपथ आज शुक्रबार, असोज १६, २०८३
वायुसेवा निगमको संरचनागत सुधार र फ्लीट विस्तार गर्न सांसद कार्कीको माग शुक्रबार, असोज १६, २०८३
मिथिलाञ्चल क्षेत्रमा जितिया पर्व मनाईँदै शुक्रबार, असोज १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
२५ अर्ब खर्चेर करिब १३ हजार निजामती कर्मचारीलाई अवकाश दिने प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा दर्ता (पूर्णपाठ) बिहीबार, असोज १५, २०८३
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित बिहीबार, असोज १५, २०८३
निजामती कर्मचारीले पाउने ९ प्रकारका बिदा : के-के छन् व्यवस्था? बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्