काठमाडौं– क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले बुधबार घरेलु टोलीको सामना गर्दैछ।
दोस्रो एकदिवसीय अन्तर्गत नेपालले बुधबार क्यानडाको सामना गर्न लागेको हो। किङ सिटी स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति ८:४५ बजे सुरु हुनेछ।
विश्वकप लिग २ अन्तर्गत स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिजअघि नेपालले क्यानडाको भ्रमण गरेको हो। तर, मंगलबारको पहिलो एकदिवसीय भने निरन्तरको वर्षाका कारण रद्द भएको थियो।
यसअघि नेपाली टोलीले क्यानडाको स्थानीय ओन्टारियो क्लबसँग एक एकदिवसीय र अर्को टी-२० गरि दुई अभ्यास खेल खेलेको थियो। दुवै खेल नेपालले जितेको थियो।
क्यानडासँगको अभ्यास खेलपछि नेपाली टोली स्कटल्यान्ड प्रस्थान गर्नेछ। नेपालले स्कटल्यान्डमा घरेलु टोली र नामिबियासँग खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।