काठमाडौं– न्यूजिल्यान्ड क्रिकेट बोर्डले आफ्नो पुरुष र महिला क्रिकेट खेलाडीलाई समान म्याच फि दिने भएको छ।
मंगलबार एक सम्झौता गर्दै महिला र पुरुष खेलाडीलाई पाँच वर्षसम्मको लागि समान म्याच फि दिने निर्णय गरेको हो। यो निर्णय अगष्ट १ देखि लागू हुनेछ।
न्यूजिल्यान्डले खेल र दिन समान हुने हुँदा म्याच फि बराबर दिने निर्णय गरेको हो। अब न्यूजिल्यान्डबाट टेस्ट खेल खेल्ने महिला र पुरुष दुवै खेलाडीले १० हजार २ सय ५० डलर (झण्डै १३ लाख नेपाली रुपैयाँ बरारब) पाउने छन्।
ओडीआई खेल खेल्ने खेलाडीको म्याच फि ४ हजार डलर (५ लाख ६७ हजार नेपाली रुपैयाँ बराबर) पाउने छन्। टी–२० आई खेल्ने खेलाडीको म्याच फि २ हजार ५ सय डलर (३ लाख १६ हजार रुपैयाँ बराबर) छ।
त्यस्तै, न्यूजिल्यान्डको प्रथम श्रेणीको घरेलु क्रिकेट खेल्ने खेलाडीको म्याच फि १ हजार ७ सय ५० डलर (२ लाख २१ हजार बराबर नेपाली रुपैयाँ बराबर) पाउनेछन्।
एकदिवसीय घरेलु क्रिकेट खेल्ने खेलाडीको म्याच फि ८ सय डलर (१ लाख नेपाली रुपैयाँ बराबर) पाउनेछन्। न्यूजिल्यान्डको टी–२० घरेलु क्रिकेट खेल्ने खेलाडीले ५ सय डलर (७२ हजार नेपाली रुपैयाँ बराबर) पाउने भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।