काठमाडौं– पाँचौं टेस्टमा तीन दिनसम्म घरेलु टोली इंग्ल्यान्डविरुद्ध गर्जिरहेको भारतीय टोली चौंथो दिन पूरै स्तब्ध देखियो। भारतीय टोली २४५ रनमा अलआउट हुँदा इंग्ल्यान्डले ३७८ रनको लक्ष्य पाएको थियो। लक्ष्य ठूलो जस्तो देखिन्थ्यो। तर, भारतीय बलरविरुद्ध इंग्ल्यान्डका ओपनरहरुले सानदार खेल प्रदर्शन गरे।
एलेक्स लिस र ज्याक क्राउलीले पहिलो विकेटका लागि १०७ रनको साझेदारी गरे। त्यसपछि ३ ब्याट्सम्यान २ रनमै पेभेलियन फर्किए र भारत खेलमा फर्कियो।
तर, जोनी बेयरस्टो र जो रुटले पूरै खेल नै परिवर्तन गरे। यी दुईबीच १५० रनको साझेदारी भएको थियो। रुट ७६ र बेयरस्टो ७२ रनमा अविजित छन्।
अब खेलको अन्तिम दिन इंग्ल्यान्डलाई जितका लागि ११९ रन मात्र आवश्यक छ। उक्त लक्ष्य पूरा गरे इंग्ल्यान्डले भारतविरुद्ध चौथो इनिङ्समा सबैभन्दा धेरै रन बनाउने कीर्तिमान बनाउने छ।
यसअघि सन् १९७७ मा अस्ट्रेलियाले भारतलाई ३३९ रनको लक्ष्य दिएको थियो। अब यो कीर्तिमान ४५ वर्षपछि तोड्ने देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।