काठमाडाैैं-रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट ब्याटिङमा नेपालले टी २० अभ्यास खेलमा क्यानडाको ओन्टारियो क्रिकेट क्लबलाई २१० रनको लक्ष्य दिएको छ।
किंग सिटीमा मेपल लिफ मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०९ रन बनायो। नेपालका लागि रोहित पौडेल सर्वाधिक ७१ रनमा अविजित रहे। उनले ३१ बलमा ५ चौका र ५ छक्का प्रहार गरे।
यता, दीपेन्द्रसिंह ऐरी २७ बलमा ६ चौका र २ छक्कासहित ५४ रनमा आउट भए। चौथो विकेटका लागि दीपेन्द्र र रोहितले ५४ रनको साझेदारी गरेका थिए।
ओपनर पवन सरार्फ ३४ बलमा ५ चौकासहित ३७ रनमा क्याच आउट भए। देव खनाल १३ बलमा २ चौका र १ छक्कासहित २० रनमा बोल्ड आउट भए। आदिल अन्सारी १० बलमा १० रनमा अविजित रहे।
ओन्टारियोका रेमाण्ड, बरुण, किनान र हसनले १-१ विकेट लिए।
एकदिवसीय अभ्यास खेलमा भने नेपालले ओन्टारियो क्रिकेट क्लबलाई ६९ रनले हराएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।