काठमाडौं– नेपालले क्यानडासँग खेल्ने तय भएको एकदिवसीय सिरिजको खेल तालिका परिवर्तन भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपालले आइतबार क्यानडाको स्थानीय क्लब ओन्टारियोसँग टी–२० अभ्यास खेल खेल्ने भएकाले सिरिजलाई एक दिन पछाडि सारिएको हो।
यसअघि यो सिरिज जुलाई ४ र ५ मा हुने तालिका थियो। अब सिरिज जुलाई ५ र ६ मा हुने छ। नेपालले स्कटल्याण्डमा हुने आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीका लागि क्यानडा भ्रमण गरेको हो। नेपाल, स्कटल्यान्ड र नामिबिया सम्मिलित सिरिज जुलाई १० देखि १७ सम्म हुनेछ।
नेपालले ११ जुलाईमा नामिबियाविरुद्धको खेलबाट सिरिजको सुरुआत गर्नेछ। यस्तै, नेपालले दोस्रो खेल स्कटल्यान्डविरुद्ध १३ जुलाईमा, तेस्रो खेल नामिबियाविरुद्ध १६ जुलाई र चौथो तथा अन्तिम खेल स्कटल्यान्डविरुद्ध १७ जुलाईमा खेल्ने तालिका छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।