काठमाडौं– भारत र इंग्ल्यान्डबीचको टेस्ट सिरिजको अन्तिम खेलमा जसप्रित बुमराहले उत्कृष्ट ब्याटिङ गरे।
पहिलो पटक भारतीय टोलीको कप्तानी गरेका बुमराहले आफ्नो आक्रामक फर्म देखाउँदै स्टुअर्ट ब्रोडको एक ओभरमा २९ रन बनाए। समग्रमा, ब्रोडले यस ओभरमा ३५ रन दिए र टेस्ट क्रिकेटको इतिहासमा सबैभन्दा महंगो ओभर बलर बने।
स्टुअर्टअघि टेस्ट क्रिकेटको सबैभन्दा महंगो ओभर दक्षिण अफ्रिकाका स्पिन बलर रोबिन पिटरसनले गरेका थिए। २००३ मा वेस्ट इन्डिज लेजेन्ड ब्रायन लारालाई एक ओभरमा २८ रन दिएका थिए। बुमराहले एक ओभरमा ३५ रन जोडेर लाराको कीर्तिमान तोडेका छन्।
टेस्ट क्रिकेटको इतिहासकै सबैभन्दा महँगो ओभरको लज्जास्पद कीर्तिमान तोडिदा पिटरसन खुसी भए। उनले ट्वीटरमा ठट्टा गर्दै लेखेका छन्, ‘कीर्तिमान तोडिँदा म निकै दुखी छु। कीर्तिमान सधैं तोडिनका लागि बनाइन्छ।’
यससँगै उनले फनी इमोजी पनि सेयर गरेका छन्, जसले गर्दा उनले ठट्टा गरिरहेको प्रष्ट हुन्छ। ब्रायन लाराले बुमराहलाई आफ्नो कीर्तिमान तोडेकोमा बधाई दिएका छन्।
उनले लेखेका छन्, ‘जस्प्रित बुमराहलाई टेस्ट क्रिकेटमा एक ओभरमा सबैभन्दा बढी रन बनाउने कीर्तिमान तोडेकोमा बधाई छ।’
यससँगै लाराले टेस्ट क्रिकेटमा एक ओभरमा सबैभन्दा बढी रन बनाउने ब्याट्सम्यानको सूची पनि सेअर गरेका छन्।
यस सूचीमा बुमराहको ३५ रनबाहेक ब्रायन लारा, जर्ज बेली र केशव महाराजले एक ओभरमा २८ रन बनाएका छन्। योसँगै शाहिद अफ्रिदीले २७ रन बनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।