काठमाडाैं-भारतीय टोलीका कप्तान जसप्रित बुमराह टेस्ट क्रिकटेको एकै ओभरमा उच्च रन बनाउने ब्याटर बनेका छन्। बुमराहले इंग्ल्यान्डविरुद्धको पाँचौ टेस्टको पहिलो दिनको खेलमा यो कीर्तिमान बनाएका हुन्। उनले ८४औं ओभरमा २९ रन बनाए।
मध्यम गतिका बलर स्टूअर्ट ब्रोडको ओभरमा बुमराहले २९ रनको कीर्तिमान बनाएका हुन्।
बुमराहले ब्रोडको पहिलो बलमा चौका प्रहार गरेका थिए। यस्तै, दोस्रो वाइड भएको बलमा पनि चौका गएपछि भारतकाे खातामा ५ रन थपिएको थियो। त्यसपछिको बल पनि ‘नो बल’ बने पनि बुमराहले त्यसमा छक्का प्रहार गरेका थिए।

त्यसपछि बुमराहले दोस्रो, तेस्रो र चौथो बलमा चौका पाँचौ बलमा छक्का र छैटौं बलमा एक रन बनाउँदै पूरा ओभरमा ३५ रन बनाएका थिए। जसमध्ये बुमराहको नाममा २९ रन रह्यो।
यसअघि टेस्ट क्रिकेटको एकै ओभरमा २८ रनको कीर्तिमान थियो। त्यसअघि २८ रनको कीर्तिमान वेस्ट इन्डिजका ब्रायन लारा, अस्ट्रेलियाका जर्ज बाइली र दक्षिण अफ्रिकाका केशभ महाराजले बनाएका थिए।
पाँचौ टेस्टको पहिलो दिनको पहिलो सेसनमा भारतले सबै विकेट गुमाएर ४१६ रन बनाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।