काठमाडौं– ऋषभ पन्तले आफ्ना पूर्वकप्तान महेन्द्र सिंह धोनीको १७ वर्ष पुरानो कीर्तिमान भंग गरेका छन्।
इंग्ल्यान्डविरूद्ध टेस्टमा ८९ बलमा सतक बनाउँदै उनी भारतको विकेटकिपरले छिटो शतक बनाउने कीर्तिमान आफ्नो नाममा लेखाउन सफल भएका हुन्।
यसअघि यो कीर्तिमान धोनीको नाममा थियो। धोनीले सन् २००५ मा पाकिस्तानविरूद्ध ९३ बलमा शतक बनाएका थिए। पन्तले ८५ बलमा सतक बनाएको भए उनी टेस्टमा छिटो शतक बनाउने भारतीय ब्याट्सम्यान बन्ने थिए।
कपिल देवले सबैभन्दा छिटो ८६ बलमा शतक बनाएका छन्। त्ययसपछि मोहम्मद अजहररुद्धिनले ८७ बलमा शतक बनाएका थिए।
पन्तको करिअरको पाँचौ सतक थियो। उनले रवीन्द्र जडेजासँग मिलेर छैटौं विकेटका लागि २ सय २२ रनको साझेदारी गरेका थिए।
इंग्ल्यान्डविरूद्ध छैटौं विकेटका लागि यो सबैभन्दा ठूलो साझेदारी थियो। सन् २०१८ मा पन्त र केएल राहुलले नै छैटौं विकेटका लागि २ सय ४ रनको साझेदारी गरेका थिए।
पन्त १ सय ११ बलमा १९ चौका र ४ छक्का लगाउँदै १ सय ४६ रनमा आउट भए। पहिलो दिन ७ विकेटको क्षतिमा भारतले ३ सय ३८ रन बनाउँदा जडेजा ८३ रन बनाएर क्रिजमा छन्।
पन्तले करिब ३ घण्टा ब्याटिङ गर्ने क्रममा सुरुको अर्धशतक ५१ बलमा पुरा गरे। अर्को अर्धशतक ३८ बलमा पूरा गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।