काठमाडौं– विश्वकप लिग–२ को तयारीमा रहेका बेला नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले कसैको समर्थन नभएको बताएका छन्।
आईसीसी विश्व लिग–२ को तयारीमा रहेको नेपाली टोलीले शुक्रबार राति ओन्टारियोसँगको अभ्यास खेल खेलेको थियो। लगत्तै सन्दीपले शनिबार बिहान ट्वीट गर्दै आफूलाई शून्य समर्थन भएको बताएका छन्। त्यसैले आफू यो लडाइँ एक्लै लड्ने बताएका छन्।
‘शून्य समर्थन, चिन्ता छैन, तिमीले यो लडाइँ एक्लै लड्नु पर्छ,’ सन्दीपको ट्वीटमा लेखिएको छ ।
अन्य समयमा व्यक्तिगत कारण भए पनि सिरिजको समयमा कप्तानको यस्तो ट्विट आउनुले टोलीभित्र सन्दीपलाई सहयोग नभएको बुझ्न सकिन्छ। यसअघि पनि नेपाल क्रिकेट संघ (क्यान)ले टोलीमा गुट र उपगुट रहेको बताउँदै आएको थियो।
नेपालले क्यानडासँग दुई ओडीआई खेल खेल्दैछ। त्यसपछि नेपाली टोली स्कटल्यान्ड प्रस्थान गर्ने छ। स्कटल्यान र नामिवियासँग नेपालले त्रिकोणात्मक ओडीआई सिरिज खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।