काठमाडौं– लंकासायरका फास्ट बलर ३४ वर्षीय रिचर्ड ग्लेसनले पहिलो पटक इंग्ल्यान्डको टोलीमा स्थान बनाएका छन्। उनले अर्को हप्ता भारतविरूद्धको टी–२० आई सिरिजमा डेब्यू गर्ने सम्भावना छ।
ग्लेसनले २७ वर्षको उमेरमा पहिलो श्रेणीमा डेब्यू गरेका थिए। ढाडको चोटका कारण पछिल्लो दुई सिजन अधिकांश समय उनी टोली बाहिर छन्। ग्लेसनले यसै वर्ष टी–२० ब्लास्टमा लंकासायरसँग सम्झौता गरेका थिए। उनले सबै खेले र २० विकेट लिए।
आदिल रशिद हज यात्रामा छन्, जसका कारण उनी सिरिजमा देखिने छैनन्। उनको स्थानमा म्याट पार्किन्सनलाई दुवै टोलीमा राखिएको छ, जसले १२ महिनामा पछि सीमित ओभरको अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमन गर्दै छन्।
यस इंग्लिस समरमा टेस्ट टोलीका लागि मैदानमा पानी बोकेर कुदिरहेका देखिने ह्यारी ब्रूकले ओएन मोर्गनको सन्याससँगै दुवै टोलीमा स्थान बनाएका छन्। उनले मिडल अर्डरमा स्थान पाउन सक्छ।
जो रूट एकदिवसीय टोलीमा फर्किएपछि डेभिड मलानले आफ्नो स्थान गुमाएका छन्। तर, उनी टी–२० टोलीमा ३ नम्बरमा आफ्नो स्थान कायम राख्न चाहन्छन्। जुलाई ७ बाट सुरू हुने ३ खेलको टी–२० सिरिज ४ दिनभित्र खेलिनेछ।
यस्तो अवस्थामा इंग्ल्यान्डको टोलीले आफ्ना फास्ट बलरलाई बढी प्रयोग गर्न सक्छ। विशेष गरी टिमल मिल्स, जो सीमित ओभरका लागि उपयोगी मानिन्छन्।
चोटका कारण मिल्सले लगातार खेल खेल्न पाएका छैनन्। क्रिस वोक्स, मार्क वुड, जोफ्रा आर्चर, टम कुरान र साकिब महमूदलगायत विभिन्न चोटपटकका कारण उपलब्ध छैनन्। फलस्वरूप, क्रेग ओभरटनको लागि एकदिवसीय टोलीमा ठूलो अवसर छ।
यस्तो छ इंग्ल्यान्डको टी–२० टोलीः
जोस बटलर (कप्तान), मोइन अली, ह्यारी ब्रूक, साम कुरान, रिचर्ड ग्लेसन, क्रिस जोर्डन, लियाम लिभिङ्स्टन, डेभिड मलान, टिमल मिल्स, म्याथ्यू पार्किन्सन, जेसन रोय, फिलिप साल्ट, रिस टोपले, डेभिड विली
इंग्ल्यान्डको एकदिवसीय टोलीः
जोस बटलर (कप्तान), मोइन अली, जोनी बेयरस्टो, ह्यारी ब्रूक, ब्राइडन कार्स, साम कुरान, लियाम लिभिङ्स्टन, क्रेग ओभरटन, म्याथ्यू पार्किन्सन, जो रूट, जेसन रोय, फिलिप साल्ट, बेन स्टोक्स, रिज टोपली, डेभिड विली
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।