काठमाडौं– ऋषभ पन्तले सुझबुझ तरिकाले खेलेको इनिङ्स हेर्ने सुअवसर कमैले पाएका छन्। एजब्यास्टन टेस्टको पहिलो दिन यस्तै अनौठो इनिङ्स खेले। २३औं ओभरमा ६४ रनमा ३ विकेट गुमाएपछि उनी क्रिजमा आउँदा भारतीय टोलीको रनरेट ३ मा झरेको थियो।
२४.२ ओभरमा विराट कोहली आउट भएपछि यो झन् खस्कियो र भारतीय टोली समस्यामा पर्यो। तर, पन्त आफ्नो शतकीय इनिङ्स खेलेर पेभिलियन फर्किँदा भारतको रन रेट ५ भन्दा माथि पुगेको थियो। जुन टेस्ट क्रिकेटमा सामान्य मानिँदैन।
पन्तले १११ बलमा १४६ रन बनाए। जुन इंग्ल्यान्डमा भारतीय खेलाडीको दोस्रो छिटो टेस्ट शतक हो। उनले जेम्स एन्डरसनको पहिलो बलमा रन लिएर आफ्नो इनिङ्स सुरु गरेका थिए। बलले ब्याटको भित्री किनारा लियो र एक रनका लागि गयो। जुन यस वर्षको टेस्ट क्रिकेटको सबैभन्दा रमाइलो एक रन भन्न सकिन्छ। एन्डरसनको बललाई स्टेपिङ गर्दा पन्तले अगाडि नै पहिलो बाउन्ड्री हानेका थिए।
यसबाहेक पन्तले बेन स्टोक्सको बललाई पनि स्विप गर्ने प्रयास गरेका थिए। त्यसपछि अन्य ब्याट्सम्यानले अर्को बलरलाई रोक्ने प्रयास गर्थे। तर, पन्त तीमध्ये थिएनन्। उनले अफ स्टम्पबाट टाढा बल प्रहार गर्ने कोशिस गर्दै थिए।
उनले ३२ बलमा चौका र छक्का प्रहार गर्दै ५९ रन बनाएका थिए। एक ओभरमा उनले २२ रनसमेत बटुले। तर, पन्तले ९२ बाट १०० मा पुग्न ४ सट प्रहार गरे। शतक पूरा गर्दा उनी लामो डाइभ लिएर क्रिजमा पुग्ने प्रयास गरिरहेका थिए।
उनलाई देखेर यस्तो लाग्थ्यो यो नै उनको जीवनको सबैभन्दा ठूलो क्षण हो। किन नहोस् पनि? आखिर उनी ९० र १०० को बीचमा ६ पटक आउट भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।