काठमाडौं– भारतीय स्पिन अलराउन्डर क्रुणाल पाण्ड्या पहिलोपटक काउन्टी क्रिकेट खेल्ने भएका छन्। उनलाई रोयल लन्डन कपका लागि वारिकशायरले अनुबन्ध गरेको हो।
३१ वर्षीय क्रुणाल यो महिना इंग्ल्यान्डविरुद्ध हुने ओडीआई र टी–२० आई सिरिजका लागि भारतीय टोलीमा छैनन्। २ अगस्टबाट सुरु हुने रोयल लन्डन कप खेल्ने क्रुणाल वाशिंगटन सुन्दर (लंकशायर) र चेतेश्वर पुजारा (ससेक्स) पछि तेस्रो भारतीय खेलाडी हुनेछन्।
गत वर्ष द हन्ड्रेड प्रतियोगिताको परिचत रोयल लन्डन एकदिवसीय कपको महत्त्व घटेको छ। काउन्टी टोलीका लागि उत्कृष्ट इंग्ल्यान्ड खेलाडीहरू उपलब्ध छैनन्।
तर, अहिले भारतीय खेलाडीलाई इन्डियन प्रिमियर लिग (आईपीएल)बाहेक अन्य कुनै पनि टी–२० लिगमा खेल्न अनुमति दिइएको छैन। यस्तो अवस्थामा तीन ठूला खेलाडी थपिएसँगै रोयल लन्डन कपको चमक बढेको छ।
वारिकशायरका क्रिकेट निर्देशक पल फारब्रेसले भने, ‘क्रुणाललाई एजब्यास्टनमा स्वागत गर्न पाउँदा म खुसी छु। क्रुणालले हाम्रो टोलीमा अन्तर्राष्ट्रिय अनुभव ल्याउनेछन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।