काठमाडौं- अस्ट्रेलियाले पहिलो टेस्ट खेलमा घरेलु टोली श्रीलंकालाई १० विकेटले हराएको छ। योसँगै भ्रमणकारी टोली अस्ट्रेलियाले दुई टेस्ट खेलको सिरिजमा १–० को अग्रता लिएको छ।
जितको लागि ५ रनको विजयी लक्ष्य पछ्याएको अस्ट्रेलियाले ४ बलमै पूरा गरेको हो। अस्ट्रेलियाका ओपनर डेविड वार्नरले ४ बलमा १ छक्का र १ चौका प्रहार गरे।
त्यसअघि श्रीलंका दोस्रो इनिङ्समा ११३ रनमा अलआउट भयो। पहिलो इनिङ्समा श्रीलंका १०९ रनले पछि परेको थियो। त्यसैको कारण श्रीलंकाले मात्र ५ रनको लक्ष्य दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।